बैतडीमा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा

बैतडी- बैतडीमा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-७ मा नवयुग बचत तथा ऋण सहकारी संस्थाले नवयुग प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा ल्याएको हो ।

maya metro hospital

३२ लाखको लागतमा उद्योग सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष दानसिंह कार्कीले बताए । दोगडाकेदार प्रशोधित पिउने पानी नाम राखेर बजारमा पानीका बोतल विक्रीका लागि पठाउन समेत थालिएको छ । शनिबार उक्त गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले उद्योगको उद्घाटन गरेका थिए ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.