ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि ट्रकमा आगजनी

विराटनगर- विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

maya metro hospital

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बतताएको छ ।

joshi vada pasal 2

दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.