धनगढीमा भन्सार छलीको सामान बरामद

धनगढी- कैलालीको धनगढीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-१ त्रिवेणीघाटबाट भारतबाट भन्सार छली ल्याउँदै गरेको मटर, तेल, साबुन, धोती, गुट्का लगायतका ३० हजार ६ सय ४० रुपैयाँका सामान शनिबार बरामद गरिएको हो ।

maya metro hospital

यस्तै, धनगढी-२ चौराहबाट ३२ हजार ४ सयको चिनी, प्याज, साइकल र वडा नम्बर ३ भन्सार क्षेत्रबाट सात हजारका प्याज, चिनी लगायतका भन्सार छलीका सामान बरामद गरिएको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.