अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्ष खोज्दै प्रहरी

अत्तरिया- कैलाली प्रहरीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्वअध्यक्ष अशोकराज देवकोटाको खोजी गरिरहेको छ । नक्कली टिकट प्रकरणमा नाम जोडिएपछि प्रहरीले दुबै जनाको खोजी गरिरहेको हो ।

maya metro hospital

प्रहरीका अनुसार उनीहरु दुबै जना सम्पर्कमा छैनन् । ‘उहाँहरु दुबै जना हाम्रो सम्पर्कमा आउनुभएको छैन, खोज्दैछम्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले भने ।

joshi vada pasal 2

अत्तरियामा सञ्चालित आठौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा छन् ।

ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरी हिरासतमा छन् ।

उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको थियो । प्रहरीले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.