एसियन कप फुटबलको उपाधि कतारलाई

काठमाण्डौ – एएफसी एसियन कप फुटबलको उपाधि घरेलु टोली कतारले जितेको छ । कतार लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । गएराति भएको फाइनलमा जोर्डनलाई ३–१ गोलले हराउँदै कतारले उपाधि जित्यो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे ।

maya metro hospital

उनले सबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको २२ औँ, ७३ औँ र खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा पेनाल्टीमार्फत् गोल भएको हो । जोर्डनका लागि ६७ औँ मिनेटमा यजान अल–नैमातले एक गोल फर्काए ।

joshi vada pasal 2

जोर्डन पहिलो पटक उपाधि जित्न असफल भयो । यसअघि कतारले सन् २०१९ मा जापानलाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.