कैलालीमा कार र बस ठोक्किए

धनगढी – कैलालीमा कार र बस एक आपसमा ठोक्किएका छन । सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन् ।

maya metro hospital

कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ ।

joshi vada pasal 2

बस बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए भने, कार टीकापुर नगरपालिका वडा नम्बर ४ का प्रताप चौधरीले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.