अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ५ अण्डैयामा एक दिने निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम आयोजनना गरिएको छ । गौरीगंगा नगरपालिका(५ को समन्वय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीको सहकार्यमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) ले कार्यक्रमको आयोजना गरेको हो ।

नेल्टा का सुदुर पश्चिम प्रदेश कार्यसमिति सचिव हेमन्त राज जोशी ९बाजे० को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णु भाट रहेका थिए भने विशिष्ठ अतिथिमा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालयकी डा।रिचा फुँयाल रहेकी थिईन ।

कार्यक्रममा बोलदै वडाध्यक्ष भाटले घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने हुँदा रेविज विरुद्धको खोप कार्यक्रममा सहकार्य गरिएको बताए । उनले रेविज लागिसकेपछि त्यसको उपचार नभएकाले रेविजको न्युनिकरणका लागि रोग लाग्न नदिनु नै उपयुक्त हुने हूँदा खोप सम्बन्धीका कार्यहरुलाई बढी महत्व दिईनुपर्ने बताए । उनले सामुदायिक स्तरमा भएका वा घरपालुवा जनावरहरुलाई रेविज विरुद्धको खोप अनिवार्य रुपमा लगाउन समेत आग्रह गरे ।

कार्यक्रममा १७० वटा घर पालुवा तथा सामुदायिक कुकुर हरु लाई निस्शुल्क रेबिज बिरुद्धको खोप लगाईएको नेल्टाका प्रदेश सचिब हेमन्त राज जोशी ९बाजे० ले जानकारी दिए । उनले रेविजको न्यूनिकरणका लागि नगर भित्रका सम्पूर्ण वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने बताए ।
