धनगढी- धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ६१ हजार ७५० मूल्यको प्याज, चिनी, साडी, सुट, ट्याक्टरको बेरिङ लगायतका सामान बरामद गरेको हो ।


त्यस्तै, धनगढी उपमहानगरपालिका–३ ब्यारेल अगाडिबाट २३ हजार २ सय मूल्यको प्याज, चिनी, सरफ, नरिवल, पानीपुरी लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त सामान शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला परेको बताइएको छ।
