एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौं– नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आज (शनिबार) हुँदैछ। नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार बिहान ९:१५ बजेबाट सुरु हुनेछ।

maya metro hospital

यसअघि बिहीबार नेपाल र क्यानडाबीच पहिलो खेल भएको थियो। सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको थियो।

joshi vada pasal 2

पहिलो खेलमा नाटकीय जित निकालेको नेपाल दोस्रो खेलमा पनि जित निकालेर १ खेल अगावै सिरिजको उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। क्यानडा पनि बिहीबारको हारको बदला लिने योजनाका साथ मैदान उत्रिनेछ। नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.