धनगढीमा भारतीय एक नागरिक मृत फेला By अत्तरिया अनलाइन On माघ २६, २०८० धनगढी – कैलालीको धनगढीमा एक भारतीय नागरिक मृत फेला परेका छन । भारतको लखिमपुर घर भएका ५५ वर्षीय अर्जुन बर्मा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।