धनगढीमा प्राज्ञिक विद्यार्थीको दबाब र्‍याली

धनगढी – शिक्षा क्षेत्रको सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद्ले धनगढीमा दवाबमुलक ¥याली निकालेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थीहरूको सहभागीतामा धनगढीमा बृहत् दबाब र्‍याली निकालेको हो । शुक्रबार विद्यार्थी परिषद्ले प्रवेश परिक्षा, परिणाम, पात्रो, पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि करिब ७ सय भन्दा बढी विद्यार्थीहरुको सहभागितामा सो दबाब ¥याली निकालेको जनाएको छ ।

maya metro hospital

¥यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचीव दिवस पोखरेल, परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, प्रदेश सदस्य सरोज ठगुन्ना,नगर सचीव गौरव भट्ट अन्य विद्यार्थी नेता लगायतले विशेष सम्बोधन गरेका थिए ।

joshi vada pasal 2

विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब ¥याली गरेको बताएका छन् । देशको प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दवाब एवम् आन्दोलनको गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का जिल्ला संगठन सचीव प्रेम बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.