सवारी ज्यान मुद्दामा फरार रहेका धनगढीका वीरबहादुर पक्राउ

धनगढी- कैलालीको धनगढीमा सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिबादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-६ का ३४ वर्षीय वीरबहादुर चौधरी बिहीवार पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला अदालत कैलालीले २ महिना ५ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकेका उनलाई धनगढी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.