धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।


धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउका १९ वर्षीय आदित चौधरी बुधवार राती पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
