कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाले दुई ओटा महाप्रस्थान यान खरिद गरेको छ । नगरपालिकाले बोलपत्र मार्फत ४१ लाख ९३ हजार ८ सयका दुई ओटा मिनी ट्रक खरिद गरी महाप्रस्थान यान (शव वाहन) बनाएको हो ।

लम्कीचुहाका नागरिकलाई चिसापानी आर्यघाटसम्म शव बोक्नका लागि निः शुल्क सवारीको सुविधा दिन लागिएको बताइएको छ । तर, लम्कीचुहा बाहिरका नागरिकको हकमा सेवा दिने वा नदिने भन्ने विषयमा नगर सभामा छलफल भएको छैन । नगर सभाबाट महाप्रस्थान यान सञ्चालन कार्यविधिसमेत तयार गर्ने योजनामा नगरपालिका रहेको छ ।
