खाेज्नुहाेस

सन्दीपको पक्षमा नारा लगाउने ७ जना मैदानबाट निकालिए

Image

काठमाडौं – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन्दीप लामिछानेको पक्षमा नारा लगाउने मैदानबाट निकालिएका छन । बिहिबार क्यानडा र नेपालबीच खेल चलिरहँदा सन्दीप पक्षमा नारा लगाउने ७ जना मैदानबाट निकालिएका हुन ।

navjiwan hospital

क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४० औं ओभर चलिरहँदा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका थिए । समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो ।

attariya hospital

त्यसपछि प्रहरीले नारा लगाउने ७ समर्थकलाई मैदानबाट बाहिर निकालेको छ ।