आउँदो तीन दिन छैन पानी पर्ने सम्भावना

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर तत्काल पानी पर्ने सम्भावना नरहेको जनाएको छ । आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् सरोज पुडासैनीले बताए ।

maya metro hospital

उनका अनुसार कोशी, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि वर्षाको सम्भावना भने नरहेको हो । यी दुबै प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र बाँकी क्षेत्रको मौसम भने सफा रहने उनले बताए ।

 

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.