गोदावरी नगरपालिकाको हालसम्मको राजश्व संकलन सवा तिन करोड

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको विक्रिवितरणबाट सवा तिन करोड रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको हालसम्म नगरपालिकाले ३ करोड २५ लाख रुपैया नदीजन्य पदार्थको विक्रिवितरणबाट राजश्व संकलन गरेको हो ।

maya metro hospital

यसवर्ष असोज २२ गतेदेखी नगरपालिकाले नदीजन्य पदार्थको विक्रिवितरण कार्य सुरु गरेको थियो । नगरले खैराना, खुटिया र गोदावरी नदीबाट नदीजन्य पदार्थ विक्रिवितरण गर्दै आएको छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधीमा नदीजन्य पदार्थको विक्रिवितरणबाट मात्रै नगरले सवा तिन करोड रुपैया राजश्व संकलन गर्न सफल भएको हो । नदीजन्य पदार्थको राजस्व संकलन समितिका संयोजक गणेश पनेरुले नगरका तिन वटै खोलाहरुबाट नदीजन्य पदार्थको विक्रिवितरण कार्य भैरहेको बताए । उनले उक्त कार्यवाफत नगरले राम्रो आम्दानी गरिरहेको बताए ।

नगरले चालु आर्थिक वर्षको पुष मसान्तसम्म २ करोड ८९ लाख १ हजार ६०० रुपैया राजश्व संकलन गरेको थियो । त्यसपश्चात २४ दिनको अवधीमा नगरले ३५ लाख ९८ हजार ४०० संकलन गरेको छ । नगरले नदीजन्य पदार्थको विक्रिवितरणका लागि ३ पटक सूचना जारी गर्दा पनि ठेकेदार नपाउँदा आफैले विक्रिवितरण गरिरहेको पनेरुको भनाई छ । ‘नदीजन्य पदार्थको विक्रिवितरणका लागि ३ पटक सूचना आह्वान गरिसकेका छौ, ठेकेदार पाएनौ’ उनले भने ‘ठेकेदार नपाउँदा नगरले आफैले नदीजन्य पदार्थ विक्रिवितरण गरेर राजश्व संकलन गर्ने काम गरिरहेको छ ।’ उनले नगरले जेठ मसान्त सम्म नदीजन्य पदार्थ विक्रिवितरण गर्ने भएकाले चालु आर्थिक वर्षको अन्तिम सम्म करिब ८ देखी ९ करोडको हाराहारीमा राजश्व संकलन हुने अपेक्षा रहेको बताए ।

attariya hospital

‘हिउँदमा खासै निर्माणका कामहरु हुदैनन् र गाडीहरु खोलामा जादैनन्’ उनले भने ‘गर्मी सुरु भएपछि निर्माणका काम पनि सुरु हुने र गाडी पनि खोलामा बढी जाने भएकाले राजश्व बढी संकलन हुने अपेक्षा गरेका छौ ।’ उनले जेसिबी, एक्साभेटर लगायतका साधनहरुको पनि अग्रिम भुक्तानी लिएर मात्रै नदीमा हाल्ने अनुमती दिईएको बताए । नगरले विगतको तुलनामा प्रतिघनमिटर रु. २४० का दरले राजश्व लिने गरेको छ । जुन विगतको तुलनामा दोब्बर हो । उक्त दररेट पनि प्रदेश सभाले पास गरेर पठाएको पनेरुको भनाई छ । विगत केही दिन यता राजश्व संकलन कार्य बन्द थियो । नगरले खोलामा जेसिबी, एक्साभेटर लगायतका ठुला मेसिनहरु हालेर मापदण्ड विपरित नदीजन्य पदार्थ विक्रिवितरण गरिरहेको भन्दै जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले नदीमा प्रयोग भएका जेसीवी, स्काभेटर, टिप्पर र ट्याक्टर समेत नियन्त्रणमा लिएको थियो । हाल उक्त सवारी साधनहरु जरिवाना गरेर छोडिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.