दिल्ली जाँदै गरेको बसलाई वनबासाबाट भारतीय प्रहरीले फर्कायो

धनगढी – कञ्चनपुरको महेन्द्रनगरबाट दिल्ली जाँदै गरेको बसलाई भारतीय प्रहरीले फर्काएको छ । महाकाली यातायातको सुपप्र ०२००१ ख ११०० नम्बरको बसलाई बुधबार भारतीय प्रहरीले कागजात नभएको भन्दै वनबासाबाट फर्काएको हो ।

maya metro hospital

प्रहरीले कागजपत्र नभएको भन्दै बसलाई जरिवाना तिराए फर्काएको थियो । उक्त बसमा सवार ३९ जना नेपाली यात्रुलाई भने भारतीय बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ ।

joshi vada pasal 2

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महेन्द्रनगर–दिल्ली चल्ने उक्त बससँग आवश्यक कागजपत्र नभएका कारण भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताए ।

सम्बन्धित समाचार : कञ्चनपुर प्रहरीद्धारा ५८ भारतीय गाडी नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.