
धनगढी- धनगढीका पाँच ओटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न सम्झौता भएको छ । बुधबार टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार उपमहानगरभित्र सञ्चालित वडा नम्बर ११ स्थित ठेकराज मावि, वडा नम्बर १२ स्थित सिद्धनाथ मावि, १८ स्थित चन्द्रोदय मावि, १६ स्थित बेहडाबाबा मावि र वडा नम्बर ९ स्थित भवानी माविमा उक्त कार्यक्रम लागु गरिनेछ । विद्यालय निर्माण र शिक्षाको गुणस्तरमा सुधार गर्न टिच फर नेपाल र उपमहानगरबीच सम्झौता भएको हो ।

