अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका नदीहरूमा अवैध उत्खननमा प्रयोग भएका सवारी साधनलाई जरिवाना गर्ने निर्णय गरिएको छ । जिल्ला अनुगमन तथा व्यवस्थापन समितिको बैठकले नदीबाट नियन्त्रणमा लिएका सवारीलाई कारवाही स्वरुप जरिवाना गर्ने गर्ने निर्णय भएको हो ।
जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) का कार्यवाहक प्रमुख खगराज भुषालले पहिलो पटकलाई अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधनलाइ प्रदेशको कानुन अनुसार जरिवाना गर्ने निर्णय भएको बताए ।



उनले नेसीबी÷स्काभेटरलाई ५० हजार, टिप्परलाई ३० हजार र ट्याक्टरलाई ३ हजारका दरले जरिवाना गर्ने निर्णय भएको बताए । उनले सम्बन्धित सवारी साधनबाट नदीमा पारेका खाल्डा पनि पुर्ने निर्णय भएको बताए ।
आइतबार जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले गोदावरीका खुटिया, खैराना र गोदावरी नदीमा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका १९ सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो । जसमा १० टिप्पर, ३/३ वटा जेसीबी, स्काभेटर र ट्याक्टर रहेका छन ।
सम्बन्धित समाचार : गोदावरीमा अवैध उत्खननमा प्रयोग भएका सवारी माथि कारवाही भएन
