लम्कीचुहाका शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एक जना पक्राउ

अत्तरिया – कैलालीको लम्कीचुहाका शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एक जना पक्राउ परेका छन ।

maya metro hospital

लम्कीचुहा नगरपालिका – ४ बस्ने लम्कीचुहाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोपमा लम्कीचुहा नगरपालिका – ९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन ईन्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन ।

उनलाई सुपप.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकल सहित कैलारी गाउँपालिका – ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४/५ जनाले कालो मोसो दलेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.