जग्गाको लगत संकलन फारम परिवर्तन गर्न सकिने भन्दै निवेदन माग  

अत्तरिया – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले भरेको फारम परिवर्तन गर्न सकिने भन्दै निवेदन माग गरिएको छ । जसका लागि कैलालीको गोदावरी नगरपालिकाका वडाहरुले  निवेदन माग गर्न थालेका छन । नगरको वडा नम्बर ६ ले भुलवश सेतो फारम भर्नु पर्नेमा रातो फारम भरेको र रातो फारम भर्नु पर्नेमा सेतो फारम भरेको भएमा निवेदन दिन माग गर्दै सूचना  प्रकाशित गरेको छ ।

maya metro hospital

वडा अध्यक्ष जागुराम चौधरीले नगरबाट नै परिपत्र आएपछि सूचना प्रकाशित गरेको बताए । राष्ट्रिय भूमि आयोगले देशभर कतै पनि जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई रातो फारम भराएको थियो भने २०७६ माघ २८ गते भन्दा कम्तीमा १० वर्ष अघिबाट आवाद कमोत गरी आएकोलाई सेतो फारम भराइएको थियो । रातो फारम भरेकाले निःशुल्क जग्गा पाउने प्रावधान गरिएको छ भने सेतो फारम भरेकाले राजश्व तिर्नुपर्ने व्यवस्था छ ।

attariya hospital

जसका कारण धेरैले फारम परिवर्तन गर्न खोजिरहेका बेला फारम परिवर्तन गर्न सकिने गरी निवेदन माग गरिएको हो । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जिल्लाबाट आएको पत्र अनुसार फारम सच्याउनको लागि निवेदन माग गरिएको बताए । उनले तत्काल फारम परिवर्तन गर्न नसकिने भएपनि निवेदन मात्रै संकलन गरिरहेको बताए । उनले भने ‘पछि माथिबाट आदेश भएमा परिवर्तन हुन सक्छ ।’

जिल्ला भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले भूमिहीनले रातो र अव्यवस्थीतले सेतो भर्ने भएकाले त्यसमा तलमाथि भए परिवर्तन गर्न सकिने बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले भर्ने फारम

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.