धनगढी- कैलालीमा प्रहरीले एक लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-३ बडराबाट ५० हजार मूल्यको जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका सामान बरामद गरिएको हो ।

त्यस्तै, भजनी नगरपालिका-५ कव्वाखेडा घाटबाट ९१ हजार १९० मूल्यको कुर्ती सुरवाल, गन्जी, डिजे साउण्ड माईक, भाडा बर्तन, चक्लेट लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।