डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा व्यापारीहरुलाई डस्टबिन स्वरूप ३० ओटा डोका वितरण गरिएको छ । ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत वडासँगको सहकार्यमा डस्टबिनको रूपमा प्रयोग गर्न डोका वितरण गरिएको हो ।


प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस तथा निगालोबाट बनाइएका डोका प्रयोगमा ल्याइएको क्लाइमेट परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले बताए ।

डोका सोही ठाउँका टेकबहादुर विष्टले निर्माण गरेका हुन् । डोकालाई डस्टबिनका रूपमा गाउँपालिकाको वडा नम्बर १ सिमचौरमा ०७९ सालदेखि नै प्रयोग गर्न थालिएको थियो ।
