ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

काठमाडौँ- ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर बालकको मृत्यु भएको हो ।

maya metro hospital

धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर मृत्यु भएको चन्द्रागिरि-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनले बताए ।

खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.