मैत्रीपूर्ण फुटसलको उपाधी प्रेस चौतारी कैलालीले जित्यो

धनगढी – प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । सोमबार २६ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी कैलाली शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी आयोजकले जितेको हो ।

maya metro hospital

गोलाप्रथामा वाई पाएर पहिलो स्थानका लागि नेकपा एमाले कैलालीसँग प्रतिस्पर्धा गरेको चौतारीले १–० गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको छ ।

पहिलो खेलमा नेकपा एमाले कैलालीले प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिलाई ६–५ ले पराजीत गर्दै पहिलो स्थानका लागि दोस्रो खेल खेलेको थियो । प्रेस चौतारीको प्रदेश कमिटिले भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।

attariya hospital

मैत्रीपूर्ण फुटसलमा पहिलो, दोस्रो र तेस्रो बनेका टिमलाई सम्मान स्वरुप ट्रफी प्रदान गरिएको छ । मैत्रीपूर्ण फुटसलको समापन कार्यक्रमका प्रमुख अतिथि एमालेका पोलिटब्युरो सदस्य एवंम् प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल रहेका थिए । रावलले नै खेलाडीलाई मैत्रीपूर्ण फुटसलको उद्घाटन गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.