७३ बोरा गाँजासहित ३ जना पक्राउ

काभ्रे- काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जना पक्राउ परेका छन् । पनौती नगरपालिका-५ आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

maya metro hospital

प्रकाउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाण्डौको बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछापका २० वर्षका सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.