कञ्चनपुरको घुर्सुवा खोलाबाट भारतीय नम्बरको जिप बरामद

कञ्चनपुर- कञ्चनपुरमा भारतीय नम्बरको जिप बरामद गरिएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ घुर्सुवा खोलाबाट यूपी १४ बिएम ४७८६ भारतीय नम्बरको जिप आइतबार बरामद गरिएको हो ।

maya metro hospital

अन्दाजी १५ लाख मूल्यको उक्त जिप बेवारिसे अवस्थामा फेला पारी बरामद गरिरुएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । उक्त जिप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.