खाेज्नुहाेस

महावीर पुन अत्तरिया

Image

अत्तरिया – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाक्टर महावीर पुन कैलालीको अत्तरियामा पुगेका छन् । आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ बिक्री गर्ने क्रममा उनी आइतबार अत्तरियामा पुगेका हुन ।

बैतडीबाट महेन्द्रनगर जाने क्रममा अत्तरियामा केही समय किताब बिक्री गरेका पुन पुनः मंगलबार अत्तरियामा आउने कार्यक्रम रहेको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि पूर्वपश्चिम महाअभियानमा निस्किएका पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने पुस्तक बिक्री गर्न लागेका बताएका छन ।

उनले आत्मकथामा आधारित पुस्तक ‘महावीर पुन’ पुस्तक ७५० मा बिक्री गर्दै आइरहेका छन । उनले हालसम्म ३४ हजार पुस्तक बिक्री भइसकेको बताए । उनले २७ दिन अघि काठमाण्डौं देखि पुस्तक बिक्री अभियान सुरु गरेका थिए ।

उनले अपेक्षा अनुसार नै पुस्तक बिक्री भएको बताए । ५० हजार पुस्तक छपाई भइरहेको उनले बताए ।

attariya technical collage