बाजुरा- बाजुरामा दुई नवजात शिशुसहित एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका-२ कि २८ वर्षीया सुकिली सार्कीको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार शनिवार नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएकी उनको अप्रेसन गरेर मृत अवस्थाका दुई बच्चा निकालिएको थियो । आइतवार बिहान उनको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुने भन्दै रिफर गरिएपछि सुकिलीलाई राष्ट्रपति उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको थियो । सुकिलीका २ सन्तान छन् ।
