नेपाल प्रहरीका पूर्वसई बलात्कार आरोपमा पक्राउ

काठमाडौँ- नेपाल प्रहरीका एक जना पूर्वसई बलात्कार आरोपमा पक्राउ परेका छन् । पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

maya metro hospital

पुस १७ मा आमा घरमा नभएका बेला बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा भने पूर्वसई यादवले आफू पीडितकी आमासँग सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् ।

प्रहरीले अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ । सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

attariya hospital

आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.