अत्तरिया- कैलालीमा पैदलयात्रीलाई गाडीले ठक्कर दिएपछि पक्राउ परेका डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्का छुटेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका उनी आइतबार छुटेका हुन् ।


शनिबार मेयर आफैले चलाएको धनगढीबाट दिपायल जाँदै गरेको से १ ज ३१७ नम्बरको सरकारी गाडीले पैदलयात्री चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारलाई ठक्कर दिएको थियो ।

गाडीले ठक्कर दिँदा घाइते भएका सुनारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । उनको उपचार गराउने सहमती गरेर मेयर बाजीसिंह छुटेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको थियो ।
