महेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप भलिबलको उपाधि एपीएफलाई

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

maya metro hospital

उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त ग-यो ।

यस्तै, पुलिस क्लब तेस्रो भएको छ । शनिबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो । पुलिसले आर्मीलाई ३–१ ले पराजित ग¥यो । तेस्रो भएको पुलिसले एक लाख प्राप्त ग-यो ।

attariya hospital

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका टोली सहभागी थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.