धनगढी- किर्ते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका-६ का २२ वर्षीय विकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने रहेका छन् ।

किर्ते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई २०८० असार १७ गते ६ महिना कैद सजाय र ११ हजार जरिवाना फैसला सुनाएको थियो ।


त्यसपछि फरार रहेका उनीहरुलाई शुक्रबार धनगढी चौराहबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।