बैतडी- बैतडीमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको हो ।

गोठलापानी सव स्टेसनमा ११ केभि प्यानेललाइ नयाँ प्यानेलबाट परिवर्तन तथा सुधारको कार्य भइरहेकोले विद्युत सेवा अवरुद्ध हुने बताइएको छ ।

