
धनगढी- कैलालीको धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको एक पसलमा आगलागी भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका-२ स्थित निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा आगलागी भएको हो ।
प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

