
काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । छैटौँ संस्करणको प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदम बहादुर खड्काले बताए ।
त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार र उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

