
बैतडी- भारतमा बेपत्ता भएका बैतडीका हिक्मतराम लोहार भेटिएका छन् । केही दिनअघि मात्रै रोजगारीको सिलसिलामा मुम्बई गएका मेलौली नगरपालिका-२ का ५० वर्षीय लोहार भेटिएका उनका आफन्त हरिराम पार्कीले बताए ।
उनी माघ १२ गतेदेखि बेपत्ता थिए । मुम्बईको उत्तम नाका भाएन्द्र भन्ने ठाउँबाट बेपत्ता भएका लोहार सोही ठाउँको रेलवे स्टेशन नजिक फेला परेका पार्कीले बताए ।

