अत्तरिया- कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीका अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-१० विद्य्त कार्यालय अगाडिबाट अन्दाजी एक लाख नौ हजार १४० रुपैयाँका सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

बिहीबार चरीको बिउ, हार्डवेयरका सामान, नल्काको कटोरी, वाल, जुत्ता, चप्पल, पोल्थिन, चिनि, दाल र मिस्री बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको प्रहरीले बताएको छ ।


उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।