खाेज्नुहाेस

आगामी तीन दिनसम्म हिमपातको सम्भावना

Image

अत्तरिया- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

navjiwan hospital

सुदूरपश्चिमका धेरै स्थान, कर्णालीका थोरै स्थान र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज राति देशका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रेहेको छ ।

add everest academy
attariya hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी भू-भागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशीको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।