खाेज्नुहाेस

नक्कली टिकट ठेली प्रकरण : अध्यक्ष भन्छन ‘पार्टीको प्रेसर आइरहेको छ, सेफ ल्यान्डिङ गरौं’ (भिडियो)

Image

अत्तरिया – नक्कली टिकट ठेली प्रकरणमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराको अडियो सार्वजनिक भएको छ । बोहराले नक्कली टिकट ठेली प्रकरणमा दोस्रो पटक दिएको जाहेरीपछि संघकै महासचिव बीच भएको कुराकानीको अडियो बाहिरीएको हो ।

उक्त कुराकानीमा अध्यक्ष बोहराले सेफ ल्यान्डिङ गर्न आफूले दोस्रो पटक जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएका छन ।

add everest academy
attariya hospital
navjiwan hospital

‘यो कसैलाई फसाउन होइन । यो सेभ ल्यान्डिङ गर्नको लागि हो’ उनले भने ‘शंकर भाई योलाई सेभ ल्यान्डिङ गर्ने हो । खालि दुनिया दिवाना । पार्टीको प्रेसर अर्को छ । अर्कोको अर्को छ । केन्द्रबाट फोन आइरहेका छन । अर्कोबाट फोन आइरहेका छन ।’

कुराकानीमा उनले उद्योग बाणिज्य संघलाई बचाउन उजुरी दिएको बताएका छन । उनले यसको पाछि लागे घातक हुने र सबैलाई घातक हुने भएकाले मिलाउन खोजेको अडियोमा बताएका छन । उनले चोरलाई पनि सेभ गनुपर्ने अडियोमा बताएका छन ।

भिडियो

attariya technical collage