
बाजुरा – बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका –२ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।
राति घरमा चट्याङ परेको थियो । चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

