खाेज्नुहाेस

डडेल्धुराका पनेरुलाई खेलकुद पत्रकारिता पुरस्कार

Image

डडेल्धुरा – डडेल्धुराका पत्रकार नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पु¥याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

navjiwan hospital

पत्रकार पनेरु विगत दशकभन्दा बढी लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

add everest academy
attariya hospital

सोही पुरस्कार मोरङका हरिप्रसाद कोइराला, बाराका तिवारी यादव, धादिङका गोविन्दराज नेपाल, कास्कीका रोहितराज पराजुली, जुम्लाका नन्दराम जैशी र दैलेखकी रजनीकुमारी योगीलाई प्रदान गरिएको छ । धादिङका गोविन्द रेग्मीलाई ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।