खाेज्नुहाेस

बैतडीमा बँदेलको आक्रमणबाट एक वृद्धा घाइते

Image
navjiwan hospital

बैतडी– बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलले आक्रमणबाट घाइते भएकी हुन् ।

घर नजिकै बारीमा बाख्रा चराउन गएकी उनलाई मंगलबार दिउँसो बँदेलले आक्रण गरेको पाटन५ की सदस्य पार्वती चन्दले बताइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताइएको छ ।

add everest academy
attariya hospital