
अत्तरिया- कञ्चनपुरमा प्रहरीले एक लाख मूल्य बढीको अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-६ वनगाउँबाट अन्दाजी एक लाख १० हजार ५५० रुपैयाँको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
चिनी, दाल, स्ट्रबेरि, नरिवल, गुड, आलु, किरानाका सामानहरु बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको प्रहरीले बताएको छ । बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

