खाेज्नुहाेस

कैलालीको वनमा करेन्ट लाग्दा मृत्यु भएका शाह धरापमा परेका थिए, एक पक्राउ

Image

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर मृत्यु भएका पहलमानपुरका ४० वर्षीय धनबहादुर शाह विद्युतीय धरापमा परेको खुलेको छ ।

प्रहरीले घोडाघोडी–४ गणेशपुरका मनीराम चौधरीले जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर शाहको मृत्यु भएको भन्दै उनलाई पक्राउ गरेको छ । चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

१० माघमा सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो । सोही वनमा करेन्ट लागेर मोहन्याल गाउँपालिका–३ की ३६ वर्षीया दुर्गा खत्री घाइते भएकी थिइन् । उनको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार:-

कैलालीको सामुदायिक वनमा दुई महिला-पुरुषलाई करेन्ट लाग्यो, एकको मृत्यु

attariya technical collage