
धनगढी- डोटीको जोरायल गाउँपालिका-५ नवकोट गड्सेरामा रहेको नवदय माध्यमिक विद्यालयको छात्रवासमा आगलागी भएको छ । दुई तलाको ६ कोठे छात्रवास भवनमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ ।
मङ्गलवार प्रधानाध्यापकको कोठाबाट आगो सल्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागीबाट कोठामा रहेका किताब, लत्ताकपडा, भाँडावर्तन र नगदसहित एक लाख ५ हजारको क्षति भएको बताइएको छ ।

