बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ वर्षीया रेखा धामी मृत फेला परेकी छन् । उनी मंगलबार आफ्नै घरको कोठामा पंखामा झुण्डिएको अवस्थमा मृत फेला परेकी प्रहरीले बताएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।