खाेज्नुहाेस

सुदूरपश्चिम ३ बिकेटले पराजित

Image

धनगढी – प्रधानमन्त्री कपमा सुदूरपश्चिम ३ बिकेटले पराजित भएको छ । मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफ क्लबले १४.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा नै अल आउट हुदै ८७ रन बनाएको थियो ।

attariya hospital

यो जितपछि एपीएफले ८ खेलमा पाँचौं जित हासिल गरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको भने यो चौथो हार हो । ८ खेलमा ८ अंक हासिल गरेको सुदूरपश्चिम अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।