खाेज्नुहाेस

यातायातको सहज पहुँचका कारण हराउँदै परम्परागत डोली

Image
;ªu|xfnodf ylGsPsf] 8f]nL wgs'6f, !* kmu'g M wgs'6fdf /x]sf] k|b]z ;ªu|xfnodf k|bz{gsf nflu /flvPsf] k'/fgf] ;dodf lax]df a]x'nL af]Sg k|of]u ul/g] k/Dk/fut sf7sf] 8f]nL . lj;+ @)#( df :yflkt o; ;ªu|xfnodf tfTsfnLg k"jf{~rnsf !^ lhNnf xfn sf];L k|b]zsf !$ lhNnfsf !^ j6f ljleGg hfthfltsf snf ;+:s[ltx? x]g{ kfO{G5 . oxfF b}lgs Go"gtd $) b]lv !)) hgf ;Dd ljleGg lhNnfsf dflg; cjnf]sgsf nflu cfpg] u/]sf] sfof{nosf k|d'v rGb|k|sfz clwsf/Ln] hfgsf/L lbg'eof] . tl:a/ M gf/fo0fs'df/ /fO{÷/f;;

बाजुरा – विवाहमा प्रयोग हुँदै आएको डोली (म्याना) लोप हुँदै गएको छ । पछिल्लो समय यातायातको सहज पहुँच पुगेसँगै डोलीको चलन हराउदै गएको हो । छदेखि सात फिट लामो र गोलो कुर्सी आकारको डोलीमा रातो कपडाले छोपेर त्यसभित्र बेहुलीलाई राख्ने गरिन्छ । गाउँघरमा सडक यातायातको पहुँचसँगै सवारीसाधनको प्रयोग बढेपछि भने परम्परागत डोली हराउन थालेको हो । बाजुराका अधिकांश गाउँबस्तीमा विवाहमा दुलही बोक्ने डोली प्रयोग हुँदैन ।

यातायातको सहज पहुँचका कारण डोली बिस्तारै लोप हुँदै गएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय भरुनी नेपालीले बताईन । ‘पहिला गाउँमा कसैको विवाह भएमा डोली कसको घरमा छ भनेर खोजी हुन्थ्यो’ उनले भनिन् ‘अहिले गाडी कसको छ भन्ने गरेका छन ।’

attariya hospital
navjiwan hospital

डोलीको खोजभन्दा पहिला गाडीको खोज हुन थालेपछि डोला बिस्तारै लोप हुँदै गएको हो । उतिबेला हरेक गाउँमा कम्तीमा एउटा डोली हुने गरेको उनले सम्झे । ‘त्यतिबेला गाउँमा सडक थिएन, डोली अनिवार्य थियो’ उनले थपिन ‘उतिबेला म पनि डोली चढेर आएकी थिएँ, अहिले छोराको विवाहमा बुहारी ल्याउन डोली होइन, गाडी भाडामा लिनु प¥यो ।’

वि.सं २०६५ भन्दा पहिला बाजुराका अधिकांश गाउँबस्तीमा विवाह हुँदा बरको काठबाट बनेको डोला, म्याना र घोडा प्रयोग हुन्थ्यो । २०७५ सालपछि गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै विवाहमा प्रयोग हुने डोला र घोडा चढ्ने चलन बिस्तारै हट्दै गएको हो । हिमाली जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् ।

परम्पराको हिसाबले विवाहमा डोली नै राम्रो हुने गरे पनि अहिले डोलीको सट्टा गाडी नै सहज हुने गरेको स्थानीयवासी बताउँछन । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले डोली बोक्ने मान्छे पनि नपाईने समस्या छ । त्यसैले पनि डोली संस्कृति हराउँदै गएको बुढीगङ्गा नगरपालिका–९, त्रिपुरासुन्दरी प्राविका शिक्षक नैनबहादुर थापा बताउँछन ।